धनगढी: कञ्चनपुरको कृष्णपुर नगरपालिकास्थित मोहनाको राजघाटमा अवैध उत्खनन अझै रोकिएको छैन्।
नगरपालिकाले लगाएको रोयल्टी ठेक्कामा ठेकेदार र कम्पनीले अन्धाधुन्ध अवैध रुपमा नदीजन्य उत्खनन तथा संकलन अझै नरोकिएको हो।
यो कृष्णपुर नगरको वडा नम्बर ९ र धनगढी उपमहानगरपालिकाको वडा नम्बर ३ को सीमाना क्षेत्र पनि हो।
४ करोड बढीमा ठेक्का पाएको काठमाडौंको कम्पनी सगरमाथा कन्स्ट्रक्सनले मोहनासहितका स्थानमा धमाधम काम थालेको छ।
ज्ञानलाल श्रेष्ठको सो कम्पनीले स्थानीय युवाहरुको समूह समेत प्रयोग गरेर राजघाटमा मनपरी रोयल्टी उठाइरहेको हो।
पुल क्षेत्र र तटबन्धबाट कम्तिमा ५ सय मिटरदेखि १ किलोमिटरसम्मको दुरीमा मात्र उत्खनन गर्न पाइने भएपनी सो कन्स्ट्रक्सनले पुल र तटबन्ध नजिकैबाट मापदण्डविपरीत काम गरिरहेको हो।
अवैध रुपमा राजघाटस्थित मोहना पुल नजिकैको जनताको तटबन्धलाई समेत क्षति पुगाएर उत्खनन भइरहँदा समेत नगरले चाँसो नदेखाउँदा स्थानीयले नगरक प्रमुखको मिलेमतोको आशंका व्यक्त गरेका छन्।
यता कृष्णपुर नगरपालिकाका मेयर हेमराज ओझाले भने तटबन्धबाट टाढा रहेर काम गर्न निर्देशन दिएको बताए।
‘जोखिम हुने भए बन्द पनि गर्ला। अस्ति गएर टाढाबाट काम गर्नु भनेर भनेको हुँ। केही कुरा भनेर पनि आएको छु,’ उनले भने, ‘अहिले राजघाटमा पिचमा समस्या आएकोले हेर्न आएको छु। जाने बेला त्यहीँ बाटो जान्छु।’
र, यो पनि :
मोहनाको राजघाटमा अन्धाधुन्ध अवैध उत्खनन्, नगरको अनुगमन खोइ ?