धनगढी : कैलालीको लम्कीचुहा नगरपालिका शिक्षा शाखामा कार्यरत शिक्षा अधिकृत गौरिकान्त न्यौपानेलाई कालो मोसो छ्यापेको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यकर्ताहरुले शिक्षा अधिकृतलाई कालो मोसो छ्यापेका हुन् ।
उनिहरुले शिक्षा अधिकृत न्यौपानेलाई विभिन्न ६ ओटा आरोप लगाएका छन् ।
नगरपालिका भित्र रहेका विद्यालय व्यवस्थापन समिति तथा शिक्षकहरुसंग अभद्र व्यवहार गरेको,
शिक्षकहरूबाट कमिसन लिएको, खेलकुद सामाग्री खरिदमा कमिशन लिएको, बिदाको दिनमा सार्वजनिक सवारी साधनको दुरुपयोग गरेको लगायतका आरोप लगाएका छन् ।
Facebook Comments Box