धनगढी : नाई पसलमा काम गर्ने एक युवकले सँगै दुई युवती भगाएको घट्ना बाहिरीएको छ ।
घट्ना भारतको धार्चुला जौलजिवीको हो । बरेली घर भएका नाई पसलमा काम गर्ने इरफान नामका युवकले दुवै युवतीलाई प्रलोभनमा पारेर बरेली लिएका थिए ।
इरफानले उमेरले नाबालिक रहेकी दुई युवतीलाई सँगै धार्चुलाबाट भगाएर फरार भएका थिए ।
यसबारे जानकारी पाएलगत्तै आक्रोशित स्थानियहरूले आरोपीलाई पक्राउ गर्न माग गर्दै धार्चुला बजार बन्द गरेका छन् । सो क्रममा स्थानियहरुले जुलुस निकालेर प्रदर्शन समेत गरेका थिए ।
प्रहरीले दुवै युवतीलाई पक्राउ गरेको छ भने आरोपितलाई पक्राउ गर्न टोली पठाइएको छ ।
धार्चुलाको एक गाउँका उच्च माध्यमिक विद्यालयमा अध्ययनर उनिहरु माघ १८ गते अचानक बेपत्ता भएका थिए । परिवारले माघ १९ गते धार्चुला प्रहरीमा हराएको उजुरी दिएका थिए ।
यसै क्रममा जौलजिवीको नाई पसलमा काम गर्ने इरफान नामका युवकले दुवै नाबालिगलाई प्रलोभनमा पारेर बरेली ल्याएको खुलासा भएको थियो ।
प्रहरी उपरीक्षक लोकेश्वर सिंहको निर्देशनमा धार्चुलाका सिओ परवेज अलीले नाबालकको खोजी गर्न टोली गठन गरेका थिए । प्रहरी टोलीले दुवै युवतीलाई बरेलीबाट नियन्त्रणमा लिएको थियो ।