अछामः क्यान्सरलाई जित्न नसकेर अछामकी एक महिलाले संसार छोडेकी छन्।
जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–५ लयाँटी घर भएकी क्यान्सर पीडित सब–ईन्जिनियर रमिता रावलको निधन भएको हो।
नेपालगन्ज महानगरपालिकामा कार्यरत रावलको क्यान्सरका कारण मृत्यु भएको हो। उनी लामो समयसम्म क्यान्सर रोगबाट पीडित थिइन्।
माध्यमीक शिक्षा गाउँकै नवज्वति माध्यमिक विद्यालयबाट पूरा गरेर नेपालगन्जमा थप अध्ययन गरी जागिर सुरु गरेकी रावललाई पाठेघर र आन्द्राको क्यान्सर थियो।
उनको मृत्युले जन्मस्थान पञ्चदेवल विनायक नगरपालिका र उनी जन्मिएको गाउँ शोकमा छ। नगरपालिकाको ऊर्जावान् युवाको मृत्युले नगरलाई अपूरणीय क्षति भएको छ।
उनको मृत्युको खबरले नगरप्रमुख अम्बिका चलाउनेले सामाजिक सञ्जाल दुख व्यक्त गरेकी छन्।
उनले लेखेकी छन् ‘यस्तो खबर सुन्न नपरोस् भन्ने चाहन्थे बहिनी रमिता। अल्प आयुमा नै तिम्रो दुखद निधनको खबरले स्तब्ध बनायो। आमा, बुवा र तिम्रो रातदिन सेवामा रहेको दाई लाई कति पिडा भयो होला । यस्तो बज्रपात कसैको परिवारमा नपरोस्।’
माध्यमीक शिक्षा गाउँकै नवज्वति माध्यमिक विद्यालयबाट पूरा गरेर नेपालगन्जमा थप अध्ययन गरी जागिर सुरु गरेकी रावललाई पाठेघर र आन्द्राको क्यान्सर थियो।
नेपाल र भारतका विभिन्न क्यान्सर अस्पतालमा उपचार गराई रहेकी रावलको मङ्गलवार बिहान काटमाडौंमा निधन भएको हो।