काठमाडौं : नेपाल प्रहरीले सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि पनि अनुसन्धान शुरू गरेको छ।
लामिछानेविरुद्ध पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताले गैरकानूनीरूपमा ऋण लिएर बचत हिनामिना गरेको भन्दै पूरक जाहेरी दिएका छन्।
ऋण लिएर सहकारीको रकम हिनामिना गरेको भनेर नेपालमै पहिलोपटक जाहेरी परेको कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) मोहन थापाले बताए।
उनका अनुसार प्रहरीले अहिले उनीहरूले कसरी पैसा हिनामिना गरे भन्ने विषयमा अनुसन्धान गरिरहेको छ। प्रहरीले रविले सहकारीबाट कसरी पैसा लिएका थिए ? पैसा लिँदा धितो कति राखेका थिए ? भन्ने विषयमा अनुसन्धान थालेको छ।
Facebook Comments Box