धनगढी : कैलालीको लम्कीचुहा नगरपालिका शिक्षा अधिकृत गौरीकान्त न्यौपानेलाई कालोमोसो फाल्ने पक्राउ परेका छन्। न्यौपानेलाई कालो मोसो फाल्ने लम्की चुहा नगरपालिका वडा नम्बर ९ का ३१ वर्षीय भुवन रम्तेल पक्राउ परेका हुन्।
कैलाली प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय, हसुलियाको टोलीले उनलाई सुदूरपश्चिम प्रदेश ०१–००९ प ७३२२ नम्बरको मोटरसाइकलसहित कैलारी गाउँपालिका वडा नम्बर ७ बाट पक्राउ गरिएको हो।
लम्की चुहा नगरपालिका वडा नम्बर ४ का न्यौपानेलाई बलियास्थित पूर्व–पश्चिम राजमार्गमा सोमवार मोटरसाइकलमा आएका चार/पाँच जना युवाहरुको समूहले कालोमोसो फालेका थिए।
नगरपालिकाबाट फिर्कीने समयमा उनको मोटरसाइकल रोकेर युवाहरुले कालो मोसो फालेका हुन्।
Facebook Comments Box