दार्चुलाः मंगलबार साँझ दार्चुलामा जडीबुटी बरामद गरिएको छ। मार्मा गाउँपालिका-२ लटिनाथस्थित चेक प्वाईन्टबाट अवैध रुपमा ल्याइरहेको ४ क्विन्टल ६२ किलो जडीबुटी पासणभेद प्रहरीले बरामद गरेको हो।
ईलाका प्रहरी कार्यालय लटिनाथ दार्चुलाबाट खटिएको प्रहरी टोलीले मार्मा गाउँपालिका-५ मुरैबाट लटिनाथतर्फ आउँदै गरेको म १ च ६८४ नम्बरको बोलेरो जिपलाई चेकजाँच गर्ने क्रममा उक्त जडिबुटी फेला पारी नियन्त्रणमा लिएको बताएको छ।
उक्त जडिबुटीसहित जीप र चालक मार्मा गाउँपालिका-४ का ३२ वर्षीय दिनेश बिष्टलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ।
Facebook Comments Box