कञ्चनपुरः बहुविवाह मुद्दामा फरार रहेकी एक महिला कञ्चनपुरको महेन्द्रनगर बजारबाट पक्राउ परेकी छिन्।
कञ्चनपुरको भीमदत्त नगरपालिका-१० की ३२ वर्षीया देवकी टमटालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मंगलवार दिउँसो महेन्द्रनगर बजारबाट पक्राउ गरेको हो।
जिल्ला अदालत कञ्चनपुरले २०७९ भदौ २६ गते ११ महिना ११ दिन कैद सजाय र २० हजार जरिवाना तोकी फैसला सुनाएपछि उनी फरार रहेकी थिइन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले टमटालाई मंगलबार नै अदालतमा उपस्थित गराएको थियो।
Facebook Comments Box