धनगढी : गत माघ १५ गते पोखरा महानगरपालिका–१९ ले बाँदर नियन्त्रण गर्न भन्दै ‘मेरो रूख मै काट्छु’ अभियान चलाउन खोजेको थियो।
तर, रूख काटेर बाँदरको समस्या हल नहुने टिप्पणी र आलोचना पछि मेयरले नै रूख नकाट्न निर्देशन दिएका थिए।
फेरी बाँदरले बालीनाली खाएको भन्दै सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–३ ले निजी जग्गाका रूख काट्न सूचना निकालेको छ।
फागुन महिनाभरि रूख काट्न भन्दै वडाध्यक्ष शिव कार्कीले सूचना निकालेका छन्।
वडाध्यक्ष कार्कीका अनुसार, अघिल्लो साल पनि बजेट राखेर झाडी फाँड्ने अभियान चलाइएको थियो। उनले गाउँमा बाँदरको आतंक बढेको बताए।
बालीनाली बाँदरले खाइदिएपछि मानिसहरूले बस्ती नै छाडेर हिँड्न थाले। मानव जोगाउनकै लागि निजी जग्गाका रूख काट्न भनिएको उनले बताए।
Facebook Comments Box