चितवन : चितवनमा खाना खाने क्रममा एक जनाको घाँटीमा भात अड्केर ज्यान गएको छ। हिजो बेलुकीको खाना खाने क्रममा कालिका नगरपालिका ६, शान्ति टोलका ६८ वर्षीय आइतराम कुमालको भात अड्केर निधन भएको बताइएको छ।
खाना अड्केपछि बेहोस भएका कुमाललाई तत्काल भरतपुरस्थित अस्पताल पुर्याइएको थियो।
उपचारको क्रममा पौने ९ बजे उनलाई चिकित्सकहरुले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
Facebook Comments Box