धनगढी : पूर्वडीआईजी छविलाल जोशीको शंखमुलस्थित घरमा प्रहरीले छापा मारेको समाचार बाहिरीएपछि जोशीले स्पष्टीकरण दिएका छन्।
जोशीले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै प्रहरीले आफ्नो घरमा छापा नमारेको प्रष्ट पारेका हुन्।
जिल्ला प्रहरी कार्यालय कास्कीको आग्रहमा काठमाडौँ प्रहरीले उनको घरमा छापा मारेको समाचार बाहिरीएपछि जोशीले निजी निवासमा नभएर शंखमुलमा अवस्थित एक व्यावसायिक सम्पत्तिमा छापा मारेको जानकारी दिएका हुन्।
उनले लेखेका छन्, ‘मेरो परिवार, साथीभाइ र शुभचिन्तकहरूलाई। अनलाइन समाचार पोर्टलहरूमा भर्खरै प्रकाशित समाचारहरूको लागि यो स्पष्टीकरण हो। लेखमा उल्लेख गरिएको घर मेरो निजी निवास होइन। यो शंखमुलमा अवस्थित एक व्यावसायिक सम्पत्ति हो।’
नेचर हब इन्टरनेशनल प्रालिको कार्यालयबाट प्रहरीले सूर्यदर्शन सहकारीको मुख्य सफ्टवेयरको सर्भर बरामद गरेको विषयमा जोड दिँदै उनले उल्लेखित सम्पत्ति पूर्ण रूपमा नेचर हर्ब्स प्रालिको नाममा दर्ता भएको कम्पनीलाई भाडामा दिइएको बताएका छन्।
उनले नेचर हब इन्टरनेशनल प्रालिसँग विगत ३ वर्षदेखि मालिक–भाँडादार सम्बन्ध बाहेक कुनै सम्बन्ध नरहेको जिकिर गरेका छन्।
‘मेरो कुनै स्वार्थ, सम्बन्ध वा साझेदारी छैन र म उल्लेखित संस्थाहरु मध्ये कुनै पनि गतिविधिसँग जोडिएको छैन्। प्रकृति जडीबुटी वा/र सूर्य दर्शन सहकारी। धनयवाद,’ उनले लेखेका छन्।
र, यो पनि :
जिबीका पार्टनर पूर्वडीआईजी छविको घरमा प्रहरीको छापा