धनगढीः कैलालीमा दुई मोटरसाईकल एकआपसमा ठोक्किँदा चार जना घाइते भएका छन्। जिल्लाको घोडाघोडी नगरपालिका–४ मा दुई मोटरसाईकल एकआपसमा ठोक्किएका हुन्।
पश्चिमबाट पूर्वतर्फ जादै गरेकोे घोडाघोडी नगरपालिका १ बस्ने २९ वर्षीय प्रकाश बिनाडीले चलाएको से७प ४२१९ नम्बरको मोटरसाईकल र विपरित दिशाबाट आइरहेको घोडाघोडी नगरपालिका–१० का ३१ वर्षीय दिपेन्द्र कठायतले चलाएको प्रदेश ०३०२०–१२ प ५६३६ नम्बरको मोटरसाईकल एकआपसमा ठोक्किदा दुर्घटना भएको ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।
घाइते हुनेमा दुबै मोटरसाइकल चालक र प्रकाशको पछाडी सवार ४० वर्षीया राधिका पाण्डे र दिपेन्द्रको पछाडी सवार २८ वर्षीय असोक सुनार रहेका छन्।
घाइते चारै जनाको घोडाघोडी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
Facebook Comments Box