धनगढी : सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा नागरिक उन्मुक्तिका दुई सासंद मन्त्री र राज्यमन्त्री छन् । उनिहरु कार्यालय उद्घाटनकै लागि लफडा गर्छन् ।
बिहीबार मन्त्रालयकै छेउमा रहेको सहकारी रजिस्टार प्रशिक्षण कार्यालयको नवनिर्मित भवन उद्घाटन भयो ।
सो भवन मन्त्री रामेश्वर चौधरीले उद्घाटन गरे । तर मन्त्रालयकै आँगनमा गरिएको कार्यक्रममा आफूलाई नबोलाएको भन्दै राज्यमन्त्री कैलाश चौधरी फायर भए । उनले आफुलाई बेवास्ता गरिएको गुनासो गरे ।
राज्यमन्त्री चौधरीले भने, ‘म कार्यालय पुग्दा तामझाम देखे । कार्यक्रम सुरु हुँदै गर्दा मात्रै थाहा पाए भवनको उद्घाटन कार्यक्रम रहेछ । मन्त्रालयको कार्यक्रम रहेछ । मलाई एक घण्टा अगाडि वा एक दिन अगाडि पनि त खबर गर्न सकिन्थ्यो । तर सुरु हुँदै गर्दा बोलाउन आए । त्यसपछि जान उचित लागेन र गएन ।’
पछिल्लो समय मन्त्री र राज्यमन्त्रीबिच मन्त्रालयको जिम्मेवारीलाई लिएर मनमुटाब देखिएको छ ।
उनीहरु दुवै नागरिक उन्मुक्ति पार्टीबाट मन्त्री बनेका हुन् । राज्यमन्त्रीमा नियुक्त भएको लामो समय बितेपनि आफूलाई जिम्मेवारीबिहीन बनाएको राज्यमन्त्री चौधरीको दुखेसो छ ।