काठमाडौं : नेपाली काँग्रेसको काठमाडौं जिल्ला सम्मेलनमा कार्यकर्ताको उपस्थित न्यून रहेपछि सभापति शेरबहादुर देउवाले व्यङ्ग्य गरेका छन्।
सभापति देउवाले शुक्रबार काठमाडौँको राष्ट्रियसभा गृहमा जिल्ला सम्मेलनको उद्घाटन गर्दै कार्यकर्ता नआएपछि भित्तालाई कुराकानी सुनाउने भन्दै व्यङ्ग्य गरेका हुन्।
‘मान्छे बोल्दा बोल्दा हल खालि भइसकेको हुन्छ। एक जना बसेको हुन्छ। धन्यवाद है तपाई मेरो भाषण सुन्न बस्नुभएकोमा भन्छन्,’ देउवाले भने, ‘तर, उ भाषण सुन्न होइन माइक आफूले ल्याएकाले बसेको हुन्छ। हाम्रा साथीहरुको लामो बोल्नुपर्ने छ। कुरा सुनाउनै पर्यो। कहिले कहीँ कुरा भित्तालाई पनि सुनाउनुपर्ने हुन्छ। केही छैन त्यो।’
सभापति देउवाले काठमाडौँ जिल्ला सभापति सबुज बानियाँलाई आगामी चुनावमा टिकट दिने भन्दै जिताएर पठाउन आग्रह गरे।
Facebook Comments Box