बैतडी: बैतडीमा चितुवाले एक किसानले पालेका १५ बाख्रा एकैदिन मारेको छ।
जिल्लाको सिगास गाउँपालिका- ५ ढुंगाड गजेलीका लालबहादुर धामीले पालेका १५ बाख्रा चितुवाले मारेको जिल्ला प्रहरी कार्यालय प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए।
उनका अनुसार, धामीले सञ्चालन गरेको मिलन बाख्रा फार्ममा विहीबार राति चितुवा पसेर बाख्रा मारेको हो।
रातिको समयमा फार्मको झ्यालबाट छिरेर चितुवाले बाख्रा मारेको हो। चितुवाले १२ ओटा बाख्रा मारेर फार्ममै छाडेको र ३ ओटा बाख्रा फार्ममा नभेटिएका उनले बताए।
Facebook Comments Box