काठमाडौं: कञ्चनपुरका वरिष्ठ पत्रकार खेम भण्डारीले पत्रकार पुष्कर भट्ट विरुद्धकोआरोप र अभियोग सार्वजनिक गर्न माग गरेका छन् ।
उनले सामाजिक संजालमा प्रतिक्रिया दिदै प्रहरीले प्रतिशोधपुर्ण कारबाही गरेको भन्दै आरोप पुष्टि गर्न माग गरेका हुन ।
उनले लेखेका छन : पत्रकार पुष्कर भट्टलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले प्रतिशोधपूर्ण कार्वाही गरेको हो भने लडाइँ ठूलै हुनेछ । आरोप र अभियोग तुरुन्त सार्वजनिक गर !
पत्रकार भट्टलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले शनिबार बिहान पक्राउ गरेको छ ।
प्रहरीविरुद्ध सामाजिक सञ्जालमा लेखेको भन्दै उनलाई समातिएको बताइएको छ। पत्रकार भट्टले फेसबुकमा कञ्चनपुर प्रहरीका प्रमुख एसपी कमल थापा लगायतका विषयमा लेखेका थिए।
सोही विषयको उजुरी आएकोमा विद्युतीय अपराध अन्तरगत भट्टलाई समातिएको डीएसपी प्रकाश डाँगीले बताए।
भट्टले विगतदेखि प्रहरीले गर्ने गरेका अत्याचारका बारेमा लेख्दै आएका थिए।