हेटौंडा– नेकपा (एकीकृत समाजवादी) मकवानपुरका जिल्ला अध्यक्ष श्रीधर पोखरेल एमालेमा प्रवेश भएका छन् । राजीनामा दिएको भोलिपल्ट नै श्रीधर पोखरेल नेकपा एमालेमा प्रवेश गरेका हुन् ।
एमाले विभाजन भएपछि पोखरेल समाजवादीतर्फ लागेका थिए । उनलाई बिहीबार काठमाडौंमा भएको कार्यक्रममा एमाले अध्यक्ष केपी ओलीले पार्टी प्रवेश गराएका हुन् ।
निर्वाचनपछि पार्टी कमजोर हुने भन्दै बुधबार उनी सहित सचिवालय सदस्यले समेत पार्टी परित्याग गरेको घोषणा गरेका थिए । नेकपा एसबाट उनी हेटौंडा उपमहानगरको मेयरका लागि पनि सिफारिस भएका थिए ।
Facebook Comments Box