धनगढी : कञ्चनपुरमा प्रहरीले दुईजना पत्रकार पक्राउ गरेपछि प्रधानमन्त्री र गृहलाई ध्यानाकर्षण गराईएको छ ।
प्रहरीले शनिबार बिहान माउन्टेन टेलिभिजनमा कार्यरत पत्रकार पुस्कर भट्ट र सगरमाथा टेलिभिजनमा कार्यरत पत्रकार ऐश्वर्य कुँवर पक्राउ गरेपछि प्रदेश सभा सासंद ओमबिक्रम भाट (सरल)ले प्रधानमन्त्रीको सचिवालय र गृहमन्त्रीको गम्भीर ध्यानाकर्षण गराएको बताएका छन् ।
सासंद भाटले लोकतन्त्रमा लेख्न, बोल्न र आफ्ना कुरा राख्न पाइने भन्दै समाचार लेखेकै भरमा पत्रकारलाई पक्राउ गर्न नहुने भनेका छन् ।
उनले प्रहरी प्रशासन जिम्मेवार एवं गम्भीर बनेर तत्काल पत्रकारद्वयलाई थुनामुक्त गरि रिहा माग गरेका छन् ।
उनले सामाजिक संजालमा लेखेका छन् : कञ्चनपुरका पत्रकारद्वय पुष्कर भट्ट र ऐश्वर्य कुँवरलाई पक्राउ गरेको बिषयमा प्रधानमन्त्रीको सचिवालय र गृहमन्त्री ज्यूको गम्भीर ध्यानाकर्षण गराएका छौँ । प्रहरी प्रशासन जिम्मेवार एवं गम्भीर बनेर तत्काल पत्रकारद्वयलाई थुनामुक्त गरि रिहा गरोस् । लोकतन्त्रमा लेख्न पाइन्छ बोल्न पाइन्छ र आफ्ना कुरा राख्न पाइन्छ । त्यसकारण समाचार लेखेकै भरमा समात्न पाइन्न ।
प्रहरीले पत्रकार भट्ट र कुँवरलाई विद्युतीय कारोबार सम्बन्धी मुद्दामा जिल्ला अदालत, कञ्चनपुरबाट पक्राउका लागि अनुमति ल्याइएको थियो।
उनिहरुले केही दिनदेखी जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरमा भईरहेका गलत गतिविधीहरुको निरन्तर रिर्पोटिङ गरिरहेका थिए ।