धनगढी : भीमदत्त नगरपालिकाकी उपप्रमुख निलम लेखक (जोशी) ले पत्रकारलाई समात्ने विषय दुखद भएको बताइन्। प्रहरीले शनिबार बिहान माउन्टेन टेलिभिजनमा कार्यरत पत्रकार पुस्कर भट्ट र सगरमाथा टेलिभिजनमा कार्यरत पत्रकार ऐश्वर्य कुँवर नियन्त्रणमा लिएपछि उपप्रमुख लेखक समात्ने विषय दुखद बताएकी हुन ।
यस्तै पत्रकारलाई प्रहरीले अपराधीको जस्तो व्यवहार गरेर थुनेको बताइन् भन्दै प्रहरीले समाचार लेखेको कारण प्रतिशोधपूर्ण कारबाही गर्न खोजेको बताइन् । उनले अब आफूहरु जिल्ला प्रशासन र प्रहरीमा बुझ्ने बताइन्।
प्रहरी पत्रकार भट्ट र कुवँरविरुद्धमा विद्युतीय कारोबार सम्बन्धी मुद्दामा पक्राउ गरेको छ । उनिहरुले केही दिनदेखी जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरमा भईरहेका गलत गतिविधीहरुको निरन्तर रिर्पोटिङ गरिरहेका थिए ।
Facebook Comments Box