धनगढीः कञ्चनपुरमा मामाको छोरालाई बञ्चरो प्रहार गरेर एक जना फरार भएका छन्।
जिल्लाको कृष्णपुर नगरपालिका–९ मा आफ्नै मामाको छोरालाई बञ्चरो प्रहार गरेर ४० वर्षीय रुद्रे भुल फरार भएका हुन्।
हिजो (शनिवार) राति जोरायल टोलमा आफ्नै मामाको छोरा डम्मरे भुललाई बञ्चरो प्रहार गरेर रुद्रे फरार भएका कञ्चनपुर प्रहरीले जनाएको छ।
ईलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक बीर बहादुर बुडाऐरका अनुसार घाइते डम्मरको अवस्था गम्भीर रहेको छ।
उनको कैलालीको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ। बञ्चरो प्रहार गर्ने भुलको खोजी जारी रहेको छ।
Facebook Comments Box