काठमाडौं : नेपाली कांग्रेसकी सांसद सरिता प्रसाईंले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफ्नो सुटकेस फुटाएर चकलेट चोरिएको गुनासो गरेकी छिन्।
आज (आइतबार) प्रतिनिधिसभा अन्तर्गत रहेको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा उपस्थित गृहमन्त्री नारायणकाजी श्रेष्ठसमक्ष उनले गुनासो गरेकी हुन्।
आफन्तहरूसँग मलेसिया र सिंगापुर भ्रमण सकेर विमानस्थल आएर सुटकेस लिने क्रममा सुटकेस फुटेको र चकलेट चोरी भएको अवस्थामा पाएको उल्लेख गरिन्। ‘संसारको कुन एयरपोर्टमा यात्रुको सुटकेस फुटाइन्छ। तर, नेपालको एयरपोर्टमा यसरी फुटाइँदो रहेछ,’ उनले भनिन्।
उनले सरकारको यस्ता घटनातर्फ ध्यानाकर्षण हुनुपर्नेमा जोड दिइन्।
Facebook Comments Box