काठमाडौँ : यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव प्रसाद रिजालमाथि दुर्व्यवहार भएको छ।
क्रान्तिकारी युवा संगठनले लाइसेन्स घोटालामा संलग्न भएको आरोप लगाउँदै उनलाई सोमबार मोसो दलेर दुर्व्यवहार गरेको हो।
संगठनको एक समूहले उनलाई मिनभवनमा पुगेर मोसो दलेको बताइएको छ। पछिल्लो समय लाइसेन्स वितरणमा ठुलो घोटाला भएको विषय बाहिरिएको छ।
यो प्रकरणमा अख्तियारले समेत छानबिन गरिरहेको छ।
Facebook Comments Box