धनगढी : सर्वोच्च अदालतले ‘जनयुद्ध दिवस’मा बिदा दिने सरकारको निर्णय खारेज गर्दा पनि कैलालीको एक वडा कार्यालयले आज कार्यालय बन्द गरेको छ।
कैलाली गौरीगङ्गा नगरपालिका- ९ का वडाध्यक्ष राजकुमार थारूले एक विज्ञप्ति जारी आज बिदा रहेको जानकारी दिएका हुन्।
उनले आज साँझ ७ बजे दीप प्रज्वलन गरेर जनयुद्ध दिवस मनाउने र आज वडा कार्यालय बन्द रहने जानकारी गराइएको दिएका हुन्।
वडाध्यक्ष थारू माओवादी केन्द्रबाट निर्वाचित हुन्।गौरीगङ्गा नगरपालिकाका मेयर देवीदत्त कँडेल पनि माओवादीबाट निर्वाचित हुन्।
नगरपालिकाले भने स्थानीय बिदा दिएको छैन्। तर, सोही नगरपालिकाको वडा कार्यालयले भने जनयुद्ध दिवस मनाउने र कार्यालय बन्द हुने सूचना जारी गरेको हो।
हिजो कैलालीकै मोहन्याल गाउँपालिकाले पनि एक विज्ञप्ति जारी गरेर जनयुद्ध दिवसमा स्थानीय बिदा दिएको जनाएको थियो ।
Facebook Comments Box