धनगढी : कैलालीको एक विद्यालयमा शिक्षिकाबीच कुटाकुट भएको छ।
जिल्लाको मोहन्याल गाउँपालिका- ७ कुहिनेको अरनिको आधारभुत विद्यालयमा शिक्षिकाबीच कुटाकुट भएको हो।
विद्यालयकी प्रावि स्थाई दरबन्दीकी शिक्षिका देवकी जोशी र बालविकास शिक्षिका रिता बिष्टबीच कुटाकुट भएको हो।
माघ २६ गते शुक्रबार विद्यालय समयमा दुबै शिक्षिकाबीच कुटाकुट भएको विद्यालयका प्राधानाध्यापक लोकराज धमलाले जानकारी दिए।
बिष्टले आफ्नो औला काटेको जोशीले आरोप लगाइन्। जोशी अहिले आफूलाई असुरक्षा भएको भन्दै प्रअलाई जानकारी गराई धनगढी घरमा बसेको बताएकी छन्।
विद्यालय व्यवस्थापन समितिले दुबे पक्षलाई छलफल गराईविवाद मिलाउन माघ २९ गते बैठक राखिएको समितिकी अध्यक्ष हस्तनाकुमारी माँझीले बताइन्।
तर, उपस्थित नभएपछि बैठक स्थगित भएको उनको भनाइ छ।
Facebook Comments Box