काठमाडौं – सत्तारुढ गठबन्धनका ५ दलहरुले महानगरपालिका र उपमहानगरपालिकामा भएको सहमतिअनुसार बाहेकका अन्य उम्मेदवारी फिर्ता लिने सहमति गरेका छन् ।
गठबन्धनका नेताहरु प्रधानमन्त्री शेरबहादुर देउवा, पुष्पकमल दाहाल, माधवकुमार नेपाल, उपेन्द्र यादव र दुर्गा पौडेलद्वारा संयुक्त हस्ताक्षरित ३ बुँदे सहमतिमा गठबन्धनका दलहरुको निर्णय बेगर विभिन्न स्थानीय तहमा दिएका उम्मेदवारी फिर्ता लिनका लागि निर्देशन दिएको हो ।
सहमतिअनुसार पाँच दलीय गठबन्धनको सहमति विपरित विभिन्न दलका प्रतिनिधिहरुले स्वतन्त्र रुपमा दर्ता गरेका उम्मेदवारीहरु तत्काल गर्न पहल गर्ने, र पाँचदलीय गठबन्धन बाहेकका दलसँगको गठबन्धन खारेज गर्ने निर्णय गरेको छ ।
Facebook Comments Box