कञ्चनपुर : कञ्चनपुरको पुनर्वास नगरपालिकामा जारी छैटौं अरनिको सैनिक कप खुल्ला पुरुष फुटबल प्रतियोगिताको सेमिफाइनल खेल सम्पन्न भएका छन ।
जिल्लाकै सर्वाधिक धनराशीको प्रतियोगितामा मंगलबार सम्पन्न सेमिफाइनल खेलबाट आयोजक अरनिको युवाक्लब (सेतो) र त्रिभुवन युवाक्लब फाइनलमा प्रवेश गरेका छन ।
खेल दुई समुहमा खेलाइएको थियो । समुह बाट ८ टिमलाई पछि पार्दै त्रिभुवन युवा क्लब र समुह बी बाट ८ टिमलाई पछि पार्दै अरनिको युवा क्लब फाइनलमा प्रवेश गरेका हुन ।
फाइनल खेल फागुन ५ गते शनिबार हुने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेता टिमले नगद २ लाख ६० हजार र उपविजेता टिमले १ लाख ३० हजार सहित मेडल, ट्रफी,प्रमाणपत्र प्राप्त गर्नेछन् ।
Facebook Comments Box