दार्चुला : दार्चुलाको शैल्यशिखर नगरपालिकाका प्रमख प्रशासकीय अधिकृत पुष्करसिंह धामीको दोहोरो जिम्मेवारी खोसिएको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले धामीलाई शैल्यशिखर नगरपालिकाको जिम्मेवारीबाट हटाएको हो।
अधिकृत धामीलाई फागुन १ को निर्णयअनुसार नगरपालिकाबाट हटाएको पत्रको चलानी नम्बर १५६३ रहेको छ।
उनी नौगाड गाउँपालिका र आफ्नै बुवा मेयर रहेको शैल्यशिखर नगरपालिकाको दोहोरो जिम्मेवारीमा थिए।
उनका बिरुद्धमा समाचार बाहिर आएपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगाललेसमेत अनुसन्धान सुरू गरेको छ।
शैल्यशिखरका मेयर विजयसिंह धामीलाई समेत नियम विपरित काम कारबाहीका सम्बन्धमा अनुसन्धान भइरहेको आयोग स्रोतले बताएको छ।
अधिकृत धामीले गरेका केही ठेक्का प्रक्रियामा अनियमितता भएको भन्दै अख्तियारको क्षेत्रीय कार्यायलय महेन्द्रनगर, कञ्चनपुरमा पनि उजुरी परेका छन्।
र, यो पनि :
बुवा मेयर, छोरा हाकिम र भतिजो इन्जिनियर भएको शैल्यशिखरमा लेखापाल पीडित !
दार्चुलामा इन्जिनियरको ग्याङ मध्यराति लेखापालको घरभित्र घुसेपछि…