काठमाडौं : अमेरिकी स्थायी बसोवास अनुमतिपत्र (पिआर) लिएको भन्दै समाजकल्याण परिषद्की उपाध्यक्ष मोनिका भट्टराई अधिकारी विवादमा आइन्।
विवादमा आएपछि उनल महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यसमक्ष राजीनामा बुझाइन्।
मोनिका कांग्रेस नेत्रीसमेत रहेकी आफ्नै सासू उमा रेग्मी मन्त्री हुँदा उपाध्यक्षमा नियुक्ति पाएकी थिइन्।
उनको राजीनमा मन्त्रीले स्विकृत गरिसके। उनले एक महिनाको बिदा बसेर दुई वर्ष कार्यकाल बाँकी छँदै राजीनामा दिएकी हुन्।
परिषद् स्रोतले दिएको जानकारीअनुसार १० नोभेम्बर २०२२ र २८ अक्टोबर २०२३ मा अमेरिका जाँदा प्रयोग भएको ट्राभल डकुमेन्टमा उल्लिखित प्रस्थान उद्देश्य (पर्पोज अफ डिपार्चर) मा ‘पर्मानेन्ट रेसिडेन्ट’ (स्थायी बसोवास) उल्लेख छ ।
मोनिकाको विवाहसमेत अमेरिकी नागरिकसँग भएको छ । सार्वजनिक पदमा नियुक्ति दिलाएर पिआरधारीलाई दुई/दुई वर्षसम्म तलब, भत्ता, सुविधा खुवाइएको छ ।
यो प्रकरण छरपष्ट भइसक्दा पनि भ्रष्टाचार छानबिन र कारबाहीको जिम्मा लिएर बसेको अख्तियार भने मौन छ । रेग्मीले अमेरिकामै बसोबास गर्ने छोरा विजय अधिकारीलाईसमेत मन्त्रालयको सल्लाहकार बनाएकी थिइन्।
यी दुई दिदीभाइ आमा मन्त्री बनेपछि मात्रै पद खान अमेरिकाबाट नेपाल फर्किएका थिए।
सुशासन ऐनको दफा ६, ८ र १८ ले सार्वजनिक उत्तरदायित्व बहन गर्नुपर्ने व्यक्तिले परिवारका सदस्यलाई सार्वजनिक पदमा नियुक्त गर्ने कुरालाई बन्देज लगाएको छ।