धनगढी : कैलालीको घोडाघोडी नगरपालिका प्रमुख खडक रावत टाउकोमा चोट लागेको छ । मंगलबार राती घर नजिकै चक्कर आएर ढलेका रावतको टाउकोमा चोट लागेको हो ।
उनको अनुहार र आँखाको परेलामा चोट लागेका उनको घोडाघोडी अस्पतालमा उपचार गरिएको छ । घाउँ भएको ठाउँमा चार वटा टाँका लागेको घोडाघोडी अस्पतालका चिकित्सक राहुल कुमार सिंहले जनाकारी दिएका छन् । हिड्दा हिड्दैको अवस्थामा अचानक लडेका रावतलाई स्थानीय घोडाघोडी अस्पतालमा पुगाएका थिए ।
नगरप्रमुख रावतले चोटका कारण घरमै आराम गरिरहेको बताएका छन । उनले भने ‘अचानक चक्कर आए जस्तो भो ? त्यही लडे छु ! ब्लड धेरै बगेको रहेछ ।’ चोटकै कारण बुधबारका लागि निमन्त्रणा गरिएका कुनै पनि कार्यक्रममा आफु सरिक हुन नसकेको र अझै केहिदिन आराम गर्ने नगरप्रमुख रावतको भनाई छ ।
Facebook Comments Box