धनगढी : धनगढीको ऐश्वर्या बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववीयु) ले वक्तृत्वकला प्रतियोतिा सम्पन्न गरेको छ । स्ववियुले सरस्वती पुजाको अवसर पारेर बुधबार क्याम्पसमा वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको थियो ।
प्रतियोगितामा ४३ जना विद्यार्थी सहभागी रहेकोमा किरण पनेरु प्रथम भएका छन् भने रमिता बोहरा र कमला ओझा क्रमशः द्धितिय र तृतिय भए । स्ववियु सभापति कुवेर खड्काले वक्तृत्वकला प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय भएका विद्यार्थीलाई नगद ३ हजार, दुई हजार र एक हजार रुपैयाँ र प्रमाणपत्र दिइएको बताए ।
खड्काको अध्यक्षतामा आयोजना गरिएको प्रतियोगितामा प्रमुख अतिथि अनेरास्ववियु सुदूरपश्चिम प्रदेशका अध्यक्ष मनोज राई रहेका थिए भने सहायक क्याम्पस प्रमुख नरेश पन्त विशिष्ठ अतिति थिए ।
अनेरास्ववीयु सुदूरपश्चिमका उपाध्यक्ष रोहित बोगटी, नेविसंघका केन्द्रीय सदस्य घनश्याम बम लगायतका विद्यार्थी नेता अतिथिका रुपमा कार्यक्रममा सहभागि भएको स्ववियुले जनाएको छ । सभापति खड्काले विद्यार्थीको क्षमता अभिबृद्धि र अध्ययनप्रती रुची जगाउन निकट भविष्यमा यस्ता खालका प्रतियोगिता आयोजना गरिने बताए ।