कैलाली : कपिलवस्तुमा आज बिहान भएको यात्रुवाहक बस दुर्घटना परी मृत्यु भएका १० जनामध्ये तीन जनाको सनाखत भएको छ।
मृतकमध्ये रौतहट औराही- ३ का ४६ वर्षीय नारयाण बहादुर भण्डारी, सल्यान सौनिक हल ३ बस्ने कालिजंग गण गोरुसिँगे नेपाल आर्मीमा कार्यरत अर्जुन कुमार योगी र भारत उत्तरप्रदेश मुरदावादका सकिल मुसलमानको सनाखत भइसकेको कपिलवस्तुका प्रहरी उपरीक्षक नवरत्न पौडेलले जानकारी दिए।
कपिलवस्तुको शिवराज नगरपालिका-१ सुरही पुलनजिकै गए राति करिब १ बजे महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको सुनौलो महाकाली यातायातको बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ। यस्तै धेरै घाइते भएका छन्।
घाइते हुनेमा चालक पूर्णचन्द्र, सहचालक अर्जुन कार्की, केशव हमाल, मनोज विक, नविन भट्ट, गिता कुँवर, नितिन कुँवर, सन्तोष चौधरी, गणेश काफ्ले, नितेश सुनार, शृष्टि काफ्ले, रेखा अचार्य, सुनिल कुँवर, राजेश दाहल, लोक बहादुर कार्की, ज्ञानेन्द्र पाल, मोहन सिंह लोहार, विशाल भुजेल, महेश सुनार, अशोक सिंह धामी, मनोज सिंह धामीलगायत रहेको प्रहरीले जनाएको छ।