सिराहा : ‘भ्यालेन्टाइन डे’ मनाउन कोठामा बोलाएर नाबालिग बलात्कार गर्ने एक किशोर पक्राउ परेका छन्।
सिराहाको लहान नगरपालिका-२ मा डेरा गरि बस्ने १८ बर्षीय निकेश यादवलाई बलात्कार आरोपमा प्रहरीले समातेको हो।
उनले हिजो दिउँसो २ बजेतिर भ्यालेन्टाइन डे मनाउने भन्दै १५ वर्षीय नाबालिगलाई कोठामा लगेर जबर्जस्ती करणी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
नाबालिकाको स्वास्थ्य अस्वभाविक देखिएपछि परिवारले साँझ सोधपुछ गरको थियो। उनले दिउँसोको घटना बताएपछि राती १२ बजे परिवारका सदस्यले प्रहरीलाई खबर गरेका थिए।
सोही आधारमा प्रहरीले यादवलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार अत्यधिक रक्तश्रावले नाबालिका बेहोस भएपछि उपचारका लागि विराटनगरस्थित नोबेल हस्पिटल लगिएको छ। आरोपित युवकमाथि थप अनुसन्धान भैरहेको छ।
Facebook Comments Box