काठमाडौं : ललिता निवास जग्गा प्रकरणमा मुछिएका पूर्वमन्त्री विजयकुमार गच्छदारले सफाइ पाएका छन् । विशेष अदालतबाट उनीसहित सचिव डम्बर श्रेष्ठले पनि सफाए पाएका छन् ।
विशेष अदालतले २३ दिन लगातार सुनुवाइ गरेर आज अन्तिम फैसला सुनाएको हो ।
गच्छदारमाथि २०६६ सालमा भौतिक योजना तथा निर्माण मन्त्री हुँदा भ्रष्टाचार गरेको आरोप लागेको थियो । उनीमाथि ९ करोड ६५ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोप थियो ।
अख्तियारले उनीमाथि नक्कली मोही खडा गरी मन्त्रिपरिषद्मा प्रस्ताव पठाएको आरोप थियो ।
Facebook Comments Box