काठमाडौं – हेटौँडाको एक कुखुरा फार्ममा बर्डफ्लु भेटिएको छ । बर्डफ्लु पुष्टि भएपछि तीन हजार भन्दा बढी कुखुरा नष्ट गरिएको छ । आज तीन हजार ४५३ कुखुरा, ५८० अण्डा र ५० केजी दाना नष्ट गरिएको हो ।
भेटनरी अस्पताल तथा पशुसेवा केन्द्र मकवानपुरका अनुसार हेटौँडा उपमहानगरपालिका–७ नागस्वतीस्थित व्यवसायी राजन खतिवडाको आदर्श कुखुरा फार्ममा बर्डफ्लु भेटिएपछि प्राविधिकसहितको टोलीले कुखुरा, अण्डा र दाना नष्ट गरेको हो ।
फार्ममा रहेका चार हजार कुखुरामध्ये सयौँ सङ्ख्यामा कुखुरा मरेपछि शङ्का लागेर वैशाख ९ गते नमूना पशु विभाग काठमाडौँ पठाइएको थियो । सात दिनपछि बिहीबार बर्डफ्लु प्रमाणित भएको रिपोर्टका आधारमा कुखुरा नष्ट गरिएको केन्द्रका प्रमुख डा. ब्रजकिशोर ठाकुरले बताए ।
Facebook Comments Box