धनगढी : सुदूरपश्चिमका आर्थिक मामिला मन्त्री नरेशबहादुर शाहीले मुख्यमन्त्री कमलबहादुर शाहको काठमाडौं गएको रेकर्ड ब्रेक गरेका छन्। मन्त्री शाहीले ११ महिनामा २३ पटक काठमाडौंको उडेर मुख्यमन्त्री शाहको रेकर्ड ब्रेक गरेका हुन्।
आर्थिक मन्त्री शाहीले २०७९ सालको फागुन २२ गते देखि २०८० सालको माघको ८ गतेसम्मको २१ पटकको काठमाडौंको यात्राबापत कूल ५ लाख ६७ हजार ६६६ रकम टिकट र भत्ता बुझेका छन्।
मुख्यमन्त्री कमल बहादुर शाहलाई काठमाडौं बढी जाने गरेको आरोप लागिरहेका बेला आर्थिक मामिला मन्त्री नरेशबहादुर शाहीको पनि काठमाडौं भ्रमण सार्वजनिक भएको हो।
आर्थिक मामिला मन्त्रालयले मन्त्री शाहीले २१ पटक मात्रै काठमाडौं गएको विवरण दिए पनि, उनको पिएसओहरुको भ्रमण भने २३ पटक भएको तथ्यांकमा उल्लेख छ।
शाहीले आर्थिक मामिला मन्त्री भएपछि फागुनको २२ गतेदेखि संघीय राजधानीको भ्रमण सुरु गरेको विवरणमा देखाइएको छ। २०७९ सालको फागुन २२ गते देखि २०८० माघको ८ गतेसम्म उनले २१ पटक काठमाडौंको भ्रमण गरेका देखाइए पनि उनको पिएसओको विवरण हेर्दा उनी २५ पटक काठमाडौं गएको देखिन्छ।
मन्त्री शाही कार्यकालभरि १०७ दिन बढी काठमाण्डौं बसेका छन्।