कैलाली : कैलालीको धनगढीबाट लागुऔषधसहित गोदावरीका एक युवक पक्राउ परेका छन्।
धनगढी उपमहानगरपालिका-२ अमौरा त्रिनगरबाट २ ग्राम ५०० खैरो हेरोइनसहित कैलालीको गोदावरी नगरपालिका २ बस्ने २३ वर्षीय नरेश बोहरालाई शुक्रवार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र प्रहरी चौकी त्रिनगरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले लागुऔषधसहित उनलाई फेला पारी पक्राउ गरेको जनाएको छ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।
Facebook Comments Box