धनगढी : पृथ्वी राजमार्ग अन्तरगत धादिङको मलेखु बेनीघाट सडक खण्डमा यात्रुवाहक बस दुर्घटना भएको छ।
शनिबार बिहान भएको सवारी दुर्घटनामा परी ३० यात्रु घाईते भएका छन्।
काठमाण्डौंबाट मुग्लीनतर्फ जाँदै गरेको बा ५ ख ५०७१ नम्वरको बस र विपरित दिशाबाट आउँदै लु १ क नम्वरको ट्रकसँग एक आपसमा ठक्कर खाँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।
दुर्घटनामा परी घाईते भएकाहरुलाई मलेखुस्थित सामुदायिक अस्पताल र गजुरी अस्पतालमा उपचारका लागि लगिएको छ।
दुर्घटनामा गम्भिर घाईते भएका ६ जनालाई थप उपचारका लागि काठमाण्डौ तर्फ पठाइएको धादिङ प्रहरीले जनाएको छ ।
Facebook Comments Box