धनगढी : विश्वकप क्रिकेट लीग २ अन्तर्गत काठमाण्डूको त्रिवि क्रिकेट मैदानमा शनिवार भएको नेपाल र नेदरल्यान्ड्सबीचको खेलमा नेपालले नौ विकेटको सहज जित हात पारेको छ।
नेपालको जितमा ब्याटिङतर्फ अनिल साह र आशिफ शेखले सबैभन्दा महत्त्वपूर्ण योगदान दिए भने पहिलो इनिङ्समा कुशल भुर्तेलले नेपालका लागि सर्वाधिक चार विकेट लिए।
नेदरल्यान्ड्सले दिएको १३८ रनको लक्ष्य पछ्याउने क्रममा साह र शेख दुवैले अर्धशतक बनाए र १५.२ ओभरमै नेपालले आफ्नो लक्ष्य भेट्यो।
यो नेपाल, नामिबिया र नेदरल्यान्ड्सबीचको त्रिपक्षीय शृङ्खलाको दोस्रो खेल हो।
पहिलो खेलमा नेपाल नामिबियासँग चार विकेटले पराजित भएको थियो।
Facebook Comments Box