काठमाडौं – निर्वाचन आयोगले ७५३ वटै स्थानीय तहका मतगणनास्थलमा अनिवार्यरुपमा सिसी क्यामराको प्रबन्ध गर्न निर्देशन दिएको छ ।
मतगणना कार्यलाई पारदर्शी र सुरक्षित राखी कुनै विवाद उत्पन्न भएको पाइएमा विद्युतीय अभिलेखीकरणका लागिसमेत उपयोगी हुने भएकाले सिसी क्यामराको प्रबन्ध गर्न निर्देशन दिइएको बताएको छ ।
आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेललेआयोगको निर्णय कार्यान्वयन गर्न आनाकानी गरिए मान्य नहुने समेत जानकारी दिएका छन । निर्वाचनका लागि कूल एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता रहेका छन् ।
आयोगले प्रदेश निर्वाचन अधिकारी र जिल्ला निर्वाचन अधिकारीसँग आज भर्चुअल माध्यमबाट बैठक गरी निर्वाचन सामग्री र मतपत्रको ढुवानी र समग्र व्यवस्थापकीय तयारीबारे जानकारी लिएको छ ।
Facebook Comments Box