काठमाडौं : प्रमुख प्रतिपक्षी नेकपा एमालेले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई बर्खास्त गर्न माग गरेको छ।
आइतबार प्रतिनिधिसभा बैठकमा एमालेले बालकुमारी घटनाका दोषी रहेका मन्त्री ज्वालालाई जिम्मेवारीबाट हटाउन माग गरेको छ।
एमाले सचेतक महेश बर्तौलाले भने, ‘सरकारले बनाएको आयोगले मन्त्री दोषी बने। मन्त्री पदमा बहाल हुनुहुन्छ। मन्त्रीलाई बर्खास्त गरिएको छैन। सिपाहीलाई दण्ड मन्त्रीलाई झण्डा, मन्त्रीलाई चैन। विधिको शासन यही हो ? गृहमन्त्री पनि जोडिएको अवस्था छ। दोषीलाई जिम्मेवारीबाट बर्खास्त गरियोस्।’
गत १३ पुसमा भएको घटनामा प्रहरीको गोली लागेर दुई युवाको मृत्यु भएको थियो।
Facebook Comments Box