धनगढी : नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कैलालीको बर्दगोरिया गाउँपालिकाको प्रशासनिक भवनको उद्घाटन गरेका छन्।
भवनको उद्घाटनपछि आज (आइतवार) कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले गाउँपालिकालाई नमूना बनाउन नयाँ प्रशासकीय भवनको सदुपयोग गर्न सुझाव दिए।
जनतालाई छिटो छरितो सेवा प्रवाह गर्न प्रविधिमा समेत ध्यान दिन उनले आग्रह गरेका छन्। नयाँ भवनबाट सेवा शुरू गर्दा प्रशासनिक झन्झट पनि हट्ने उनको विश्वास छ।
भवन उद्घाटनपछि एमाले अध्यक्ष ओली कैलाली जिल्लाको नवौं जिल्ला अधिवेशनको उद्घाटनका लागि सुखड प्रस्थान गरेका छन्।
प्रशासकीय भवन निर्माणका लागि गाउँपालिका र श्यामसुन्दर निर्माण सेवा काठमाडौंबीच २०७६ साउन ५ मा सम्झौता भएको थियो।
६ करोड १७ लाख २५ हजार ६ सय ११ रुपैयाँमा लागत रहेको भवनको २० असार २०८० गते निर्माण सम्पन्न भएको थियो।
उद्घाटनसँगै अब गाउँपालिकाले नयाँ भवनबाट सेवा प्रवाह गर्ने छ।