काठमाडौं– सिन्धुपाल्चोकको बलेफी गाउँपालिका वडा नम्बर ८ का वडा सदस्यका उम्मेदवारलाई माओवादी केन्द्रले अपहरण गरेको नेकपा एमालेले आरोप लगाएको छ ।
उम्मेदवारी फिर्ता लिन दबाब दिएपनि फिर्ता नभएपछि माओवादीले एमाले उम्मेदवार लोकबहादुर तामाङलाई अपहरण गरेको आरोप एमालेले लगाएको हो ।
तामाङको अपहरणमा निर्वाचन आयोगका अधिकृतको पनि मिलेमतो भएको आशंका रहेको एमालेले जनाएको छ । तामाङ सम्पर्क विहीन छन् ।
Facebook Comments Box