धनगढी : कञ्चनपुरमा भन्सार छलिको सामान बरामद गरिएको छ ।
पुर्नवास नगरपालिका ११ डोकेबजारबाट सुदूरपश्चिम प्रदेश प्रहरी धनगढीबाट खटीएको आरआईटी र प्रहरी चौकी परासन कञ्चनपुरबाट खटिएको संयुक्त टोलीले बेवारिसे अवस्थामा रहेको सुर्तिजन्य सामान र कपडा बरामद गरेको हो ।
भन्सार छलि ल्याएको ७४ हजार रुपैयाँ बराबरको सुपर पावर सुर्ति, बिडी, प्लास्टीक र कुर्ति बेवारिसे अवस्थामा बरामद गरी भन्सार कार्यालय बुझाइएको प्रहरीले जनाएको छ ।
Facebook Comments Box