धनगढी : अत्तरिया महोत्सव नक्कली ठेली प्रकरणमा प्रहरी हिरासतभित्र रहेका ४ जना आज छुटेका छन् । उनिहरु जिम्मा जवानीमा छुटेका हुन ।
नक्कली टिकटको ठेली भने प्रहरीले प्रयोगशालामा पठाएको छ । सरकारी वकिल कार्यालयले आबश्यक परेको जुन सुकै बेला झिकाउने गरि फाईल फिर्ता गरेको जनाएको छ ।
प्रहरीले यसलाई अनुसन्धान जारी राख्ने नै भएको छ । महोत्सव आयोजक अत्तरिया उधोग बाणिज्य संघका महासचिव शंकर खड्का , सचीव दिलिप कुमार साउँद दिपिन, कार्यसमिति सदस्य बम बहादुर बोगटी र दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका स्वबियु सभापति भुबन महरा २० दिन पछि छुटेका हुन ।
उनिहरु विरुद्ध संघका अध्यक्ष कल्याण सिं बोहराले किटानी दिएका थिए । किटानी दिएपछि प्रहरीले उनिहरु विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । तर उनिहरु माघ १९ गते प्रहरी समक्ष आफै गएका थिए ।
Facebook Comments Box