बैतडी : केही दिनयता बैतडीको सुर्नया गाउँपालिका–२ सिउँडेस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको ह्वाङ परेको ह्वाइट बोर्ड सामाजिक सञ्जालमा भाइरल बनेको थियो। शुक्रबार सुर्नया गाउँपालिकाको टोलीले नेरा माविमा अनुगमन गरेको थियो। अनुगमनपछि टोलीका एक जना व्यक्तिले सामाजिक सञ्जालमा उक्त ह्वाङ परेको ह्वाइट बोर्डकाे तस्बिर राखेकाे थिए। जाे सामाजिक सञ्जालमा भाइरल बन्यो।
तस्बिर भाइरल बन्दासम्म विद्यालय र स्थानीय सरकारले कुनै चासो देखाएनन्। उनीहरु लाच पचाएर बसिरहे। तर, सुर्नया गाउँपालिका-२ ग्वानी घर भइ हाल वैदेशिक रोजगारीको सिलसिलामा भारतको हैदराबादमा रहेका समाजसेवी विनोदबहादुर विष्टको सहयोगमा पूरानो बोर्ड फेरिएको छ।
आफूले अध्यन गरेको विद्यालयको ह्वाइटबोर्डको अवस्था देखेर सहयोग गरेको युवा विष्टले बताए। उनले भारतबाट पठाएको पैंसाबाट तीन ओेटा ह्वाइट बोर्ड र एक दर्जन मार्कर खरिद गरेर मंगलबार विद्यालयलाई हस्तान्तरण गरिएका युवा हरिश विष्टले बताए। मनकारी युवाले गरेको सहयोगले शिक्षण सिकाई क्रियाकलापमा सहज भएको शिक्षकहरुले बताएका छन्।
प्रारम्भिक शिक्षा नेरा माविबाट हाशिल गरेका बिनोद सामाजिक कार्यमा सक्रिय छन्। उनले कोरोना कहरका बेला निःशुल्क एम्बुलेन्स सञ्चालन गरेर नागरिकहरुलाई सेवा समेत दिएका थिए।