कैलाली : नेकपा एमाले कैलालीको अध्यक्षका लागि चार जनाको उम्मेदवारी परेको छ। सहमतिको प्रयास असफल भएपछि अधिवेशन सुरु भएको चौँथो दिन बुधबार(आज) निर्वाचन प्रक्रिया अघि बढाइएको हो ।
निर्वाचन कमिटिकाअनुसार अध्यक्षमा अहिलेका कार्यवाहक अध्यक्ष दुर्गाप्रसाद जोशी, सचिव डेजी पाण्डे, पूर्व प्रदेश सचिवालय सदस्य यज्ञराज ढुंगाना र जिल्ला कमिटि सदस्य कमलसिंह रानाले उम्मेदवारी दिएका छन् ।
उपाध्यक्षमा लोकेन्द्रबहादुर शाही, विष्णु चौधरी, दलबहादुर विष्ट वीरेन्द्र रावल, आनन्द भट्ट र मदनराज ओझाको उम्मेदवारी परेको छ भने सचिवमा ममता प्रसाद चौधरी, दानबहादुर विश्वकर्मा र विष्णुकुमार चन्दको उम्मेदवारी परेको निर्वाचन कमिटिले जनाएको छ।
उपसचिवमा किशोर शाह, रत्ना कुवर, नृप खड्का, भुवन रिजाल, चुडामणी भट्ट, मदनराज रेग्मी, राजु गुरुङ, चक्रबहादुर विष्ट, अम्बिका विष्ट मल्ल, गंगा कुमारी चौधरी, शान्तिदेवी सिंह र गीता चौधरीले उम्मेदवारी दिएका छन्।
निर्वाचन कमिटिले दिउँसो २ बजेदेखि ५ बजेसम्म मतदानको समय तोकेको छ।
आइतबार एमाले अध्यक्ष केपी शर्मा ओलीले नवौँ जिल्ला अधिवेशनले उद्घाटन गरेका थिए।