धनगढीः कैलालीको भजनीमा रहेको सरस्वती सामुदायिक वनमा फँडानी गरिएको छ। सामुदायिक वनले झाडी सफा गर्ने भन्दै ठूला काठहरूसमेत कटानी गरेपछि अध्यक्ष बुधराम चौधरी पक्राउ परेका छन्। नेकपाको युवा संगठनले अध्यक्ष चौधरीलाई नियन्त्रणमा लिएर वन कार्यालयमा बुझाएको हो।
सब डिभिजन वन कार्यालय, सुखडले अध्यक्ष चौधरीलाई नियन्त्रणमा लिएर वार्षिक कार्यक्रम र जंगलमा फँडानी भएका काठको विषयमा अनुसन्धान गरिरहेको जनाएको छ। सामुदायिक वनबाट जामुन लगातका रुखहरू कटानी गरिएको छ।
Facebook Comments Box