कञ्चनपुर : कञ्चनपुरको पुनर्वास नगरपालिकाबाट लागुऔषधसहित दुई युवक पक्राउ परेका छन्।
पुनर्वास नगरपालिका-४ कार्गिलडाँडाबाट ४४० मिलिग्राम खैरो हेरोइनसहित भारतको बसहीबाट नेपालतर्फ आउदै गरेका कैलालीको गोदावरी नगरपालिका-८ स्याउले बस्ने २१ वर्षीय बिरेन्द्र कठायतलाई बुधवार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
यस्तै पुनर्वास नगरपालिका-११ डोकेबजारबाट १ ग्राम ७७० मिलिग्राम खैरो हेरोइनसहित भारतबाट नेपालतर्फ आउदै गरेका बैतडी पाटन नगरपालिका-६ बस्ने २६ वर्षीय कमल भण्डारीलाई बुधबार साँझ पक्राउ गरेको हो।
यी दुवैजनालाई ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले लागूऔषधसहित पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
Facebook Comments Box