काठमाडौं– स्थानीय तहको निर्वाचनका लागि विभिन्न पदमा उम्मेदवारी दिएका व्यक्तिहरुले आज आज निर्वाचन चिह्न पाउँदैछन् ।
निर्वाचन आयोगले निर्वाचन आयोगमा स्थानीय तह निर्वाचनका लागि दर्ता भएका दलहरूलाई उनीहरूको आफ्नै चिह्न र स्वतन्त्र उम्मेदवारलाई चिह्न प्रदान गर्नेछ।
हिजो निर्वाचन आयोगले उजुरी उपर छानबिन गरेर उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिसकेको छ। नामावलीमा रहेका उम्मेदरवारहरु नै प्रतिस्पर्धामा उत्रनेछन्। उनीहरूलाई नै आज निर्वाचन चिह्न प्रदान गर्न लागिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।
उम्मेदवारहरूले निर्वाचन चिह्न पाएसँगै प्रचार÷प्रचार गर्न पाउनेछन्। स्थानीय तह निर्वाचन आगामी वैशाख ३० गते एकै चरणमा मतदान हुनेछ।
Facebook Comments Box