काठमाडौं : नेपाली कांग्रेसका ३९ जना केन्द्रीय सदस्यहरूले नेपाललाई सनातन हिन्दु राष्ट्र बनाउनुपर्ने पक्षमा हस्ताक्षर गरेका छन्।
कांग्रेसको जारी महासमिति बैठक सञ्चालन भइरहेको मूल गेटअगाडि सनातन हिन्दुराष्ट्र नेपाल स्थापना महाअभियानको हस्ताक्षर बुथ राखिएको थियो।
उक्त बुथमा पुगेर ३९ जना केन्द्रीय सदस्यहरूले हिन्दु राष्ट्रको पक्षमा हस्ताक्षर गरेको महाअभियानका सचिव दिवस ढुंगेलले जानकारी दिए।
त्यसरी हस्ताक्षर गर्नेमा कांग्रेस संस्थापन इतर पक्षका नेता डा. शेखर कोइला पनि हुन्।
उक्त बुथमा पुगेर १ हजार २७ जना महासमिति सदस्यले पनि हिन्दु राष्ट्रको पक्षमा हस्ताक्षर गरेको सचिव ढुंगेलले जानकारी दिए।
कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारी नेतृत्वको महाअभियानले हस्ताक्षर अभियान चलाएको हो।
Facebook Comments Box